भेटिए इन्टरपोलका प्रमुख

Meng Interpole president
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । विगत केही दिनयता इन्टरपोलका प्रमुख मेङ होग्वेई बेपत्ता भएको खबर आइरहेको थियो । तर उनी कतै नहराएको र अघिल्लो हप्ता चीन पुग्दा उनीमाथि चलिरहेको अनुसन्धानका सिलसिलामा उनलाई हिरासतमा लिइएको साउथ चाइना मर्निङ पोस्टले एक सूत्रलाई उद्धृत गर्दै छापेको छ ।

मेङ प्रहरीहरूको विश्वव्यापी सञ्जाल इन्टरपोलका प्रमुख बन्ने पहिलो चिनियाँ हुन् । इन्टरपोलको मुख्यालय फ्रान्सको लियोनमा छ ।

उनीविरुद्ध कस्तो अनुसन्धान चलिरहेको भन्ने प्रस्ट भएको छ र उनलाई कहाँ राखिएको थियो भन्ने थाहा छैन ।

मेङ चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका सहायक मन्त्री पनि हुन् ।

मेङकी पत्नीले फ्रान्सेली प्रहरीलाई उनी बेपत्ता भएको खबर दिएकी थिइन् । फ्रान्सेली प्रहरी शुक्रवार मेङको खोजी शुरू गरिएको जनाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्