फिल्ड छोडेर पढाई गर्दै पुननिर्माणमा खटिएका प्राविधिक कर्मचारी

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणले करार सम्झौता गरी सेवामा रहेका तर, तोकिएको स्थानमा नियमित रुपमा नखटिएका प्राविधिक कर्मचारीलाई कार्वाहीको सिफारिस गरेको छ ।

प्राधिकरणले विभिन्न स्थानमा खटाइएका कर्मचारीहरु शैक्षिक संस्थामा नियमित विद्यार्थीका रुपमा समेत पाइएको भन्र्दै छानबिन भइरहेको समेत जनाएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको समेत जनाएको छ ।
फिल्डमा खटिएको भनिएका तर, नियमित रुपमा शैक्षिक संस्थामा उपस्थित भएका कर्मचारीको हाजिर प्रमाणित नगर्न स्थानीय तहका पदाधिकारी र सम्बन्धित अधिकारीलाई पनि प्राधिकरणले सचेत गराएको छ ।

हाजिर प्रमाणित लगायतका काम गरेमा कानुन अनुसार कार्वाही हुने चेतावनी पनि प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्