यस्तो छ बस चलाउने बाँदर

Monkey Driver
लाेकपाटी न्यूज
0 Shares

कर्णाटक, २३ असोज । बाँदरले बस चलाएको खबर सुन्नु भएको छ ? सुनेपनि नदेखुन्जेल जोकोहीलाई पत्याउन गाह्रै पर्छ । तर पछिल्लो समय भारतको कर्णाटकमा बाँदरले बस चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कर्णाटक राज्यको दक्षिण पश्चिमा रहेको एक व्यस्त राजमार्गमा ३० यात्रु सवार बसमा लङ्गुर बाँदरले गाडी चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त बसका चालकले भने आफ्नो जागिरबाट हात धोएका छन् ।
तर बाँदरले बस चलाउँदा बसमा सवार ३० यात्रुमध्ये कसैले पनि गुनासो गरेका थिएनन् । भिडिओ सार्वजनिक भएकै कारण ती ड्राइभरले भने जागिर गुमाउनु परेको हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार सो बाँदर अन्य एक यात्रुसँगै बस चढेको थियो र उसले चालककै सिटमा बस्यो र स्टेरिङ चलाउन थाल्यो, एम प्रकाश नाम गरेका ती चालकले बाँदरले स्टेरिङ ह्वील समाउँदा आत्तिएनन् ।

तर बस आफ्नै नियन्त्रणमा राख्न उनले आफ्नो एक हात भने स्टेरिङ ह्वीलमा राखिरहेका थिए । उक्त बाँदर आफ्नो गन्तव्यमा पुगेपछि ओर्लियो र बाँकी यात्रा उनै चालकको जिम्मा छाडिदियो ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्