वामदेवका प्रतिस्पर्धी काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

Bishwaprakash Sharma
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ असोज । वामदेव गौतमको सांसद बन्ने सपना त्यति सजिलो नहुने निश्चित भएको छ । सहजै निर्वाचन जितिन्छ भन्ने सोचेका नेता गौतमको प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आउने भएका छन् ।

नेकपामा नेताहरुले भने कांग्रेस प्रवक्ता शर्मालाई उप निर्वाचनमा भाग नलिन आग्रह गर्दै आएका छन् ।

प्रवक्ता शर्मालाई कांग्रेसले निर्वाचनमा उठाउने तयारी थालेपछि नेकपामा सनसनी फैलिएको छ । तर, नेता गौतमले शर्मालाई फोन गरेरै आफूलाई सहयोग गरिदिन अपिल गर्ने तयारी थालेको उनी निकट स्रोतले जनाएको छ ।