लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौँ : डा. बाबुराम भट्टराई

Dr- Baburam Bhattarai
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ असोज । पूर्व प्रधानमन्त्री नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचित सांसदलाई राजीनामा गराएर चुनावमा हारेकालाई संसदमा लैजाने मनसायले अर्को चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण रहेको बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धरले पार्टीको निर्णय भन्दै बुधबार सांसद पदबाट राजीनामा दिने र त्यहाँ हुने उप चुनावमा वामदेव गौतम उम्मेदवार बन्ने बताएका थिए । यहि सन्दर्भमा डा. भट्टराईले आफ्नो धारणा सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्याउ, दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्