नायिका नर्मता श्रेष्ठको जीवनमा आधारित उपन्यास ‘नोवेल नम्रता’

Namrata Shrestha
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ असोज । नेपाली चलचित्र क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल अभिनेत्री हुन् नम्रता श्रेष्ठ ।

उनले सानो संसार ,मेरो एउटा साथी छ, नोभेम्बर रेन, छड्के, क्लासिक र जस्ता सम्झन लायक चलचित्रमा काम गरिसकेकी उनीमाथि अहिले उपन्यास लेखिँदै छ । वैशाखमा बजारमा ल्याउने गरी लेखक तथा पत्रकार सविन प्रियासनले उपन्यास लेखिरहेका छन् ।

‘ब्लु’ भिडियो बाहिरिएपछि नम्रताको जीवनमा आएका उतारचढावलाई उपन्यासमा उतारेको छु, लेखक प्रियासनले भने, ‘ब्लु भिडियोको बारेमा भने धेरै चर्चा हुन्न ।’

प्रियासन भन्छन्, ‘यस्तो घट्ना भएपछि धेरैले आफूलाई नै नोक्सान गर्ने काम गर्दछन् । तर, नम्रताले आफूलाई बलियो बनाएर अगाडि बढीन् ।
उनको उपन्यासले युवा पुस्ताभित्र रहेको निराशालाई हटाउँछ ।’ नम्रतासँग स्वीकृत लिएरै पुस्तक लेख्न थालेको लेखकले बताए ।

हालैमात्र ‘सेल्फी’ पुस्तक बजारमा ल्याएका लेखक प्रियासनले नम्रताको आफू ठूलो प्रशंसक रहेको पनि बताए । ‘उनी मलाई निकै मनपर्छ ।
भिडियो बाहिरिएपछि अब के गर्नुहुन्छ होला ? कतै आफूलाई नोक्सान र्पुयाउने त होइन ? भन्ने चिन्ता लागेको थियो । तर उनले हिम्मत हारेनन् । यसैले मलाई पुस्तक लेख्ने प्रेरणा दियो’, उनले भने ।

सुरुवातमा अनुसन्धान मार्फत पुस्तक लेख्न सुरु गरेको उनी बताउँछन् । चलचित्र ‘सम्बोधन’ को च्यारिटी शोका लागि दाङ पुगेपछि नम्रतामाथि उपन्यास लेख्ने सोच पलाएको उनले बताए ।

उनी भन्छन्, ‘उनको बारेमा जान्न पत्रपत्रिकादेखि अन्तर्वार्ताहरु खुब हेरें । चलचित्रका निर्माता मार्फत मैले नम्रतामाथि उपन्यास लेखिरहेको र उनको बारेमा जानकारी दिन आग्रह गरे ।

उनले मौखिम स्वीकृति दिए ।’ लेखक सविनले नम्रतालाई उपन्यासको पहिलो पाण्डुलिपी देखाइसकेका छन् ।

नम्रताले ब्लु भिडियो प्रकरणलाई प्राथमिकता नदिन लेखकलाई आग्रह गरेकी छिन् । पाण्डुलिपी हेरेपछि उनले केही कुरा थप्न र केही कुरा हटाउन भनेकी छिन् ।

उनले पुस्तकको नाम ‘नम्रता’ राख्न खोजिएता पनि उक्त नाममा अरु नै पुस्तक आइसकेको हुँदा अब ‘नोवेल नम्रता’ राखिने बताए ।

प्रियासनले लामो समयपछि नम्रताको उपन्यास मार्फत पुस्तक लेखनमा कमब्याक गरेका हुन् । उनले यसवर्ष ‘लक्कीचाम’ र ‘ब्रेकअप डायरी’ बजारमा लिएर आउँदै छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्