छठसम्म माग पुरा नभए समर्थन फिर्ता लिन्छौं : नेता कर्ण

Laxman lal Karna
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ असोज । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले छठसम्म आफूहरुले भनेअनुसारका माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।
अहिलेको सरकारले कामभन्दा पनि भाषण बढि गरेको आरोप लगाउँदै कर्णले तोकिएको समयसिमाभित्र माग पूरा गराउन सरकारसँग माग पनि गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले संविधान संशोधन र मुद्धा फिर्ता लिने काम तत्काल गर्न सरकारसँग माग गरे ।

मधेशी, जनजाती र उत्पिढित वर्गलाई गुलामी राखेर देशको विकास हुन नसक्ने भन्दै कर्णले संविधान संशोधन अपरिहार्य रहेको जिकिर गरे ।

राज्यले मधेशी जनतामाथि शोषण र अन्याय गरेको आरोप लगाउँदै कर्णले सबै जनताको अधिकार प्राप्त नभएसम्म देश विकास नहुने बताए । लिन्छौं

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्