सवारी चालकलाई जुत्ता अनिवार्य

Bus Driver
लाेकपाटी न्यूज
0 Shares

भोजपुर, २५ असोज । जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो ।
जुत्ता नलगाई सवारी साधन चलाएमा सवारी अनुमतिपत्र निर्देशिकाअनुसार रु. दुई हजार देखि पाँच हजारसम्म जरिवाना गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै भोजपुरबाट लेगुवासम्मको ट्याक्सी भाडा घटाएर रु पाँच सयबाट चार सय कायम गरिएको छ । त्यसैगरी बसमा राख्ने गरिएका हर्न दुई वटा मात्र राख्न पाइने, एक महिनाभित्र सार्वजनिक सवारी साधनले बसको अगाडि, पछाडि, दायाँबायाँ र भित्रपट्टि नम्बर प्लेट अनिवार्य राख्नुपर्ने, सवारी साधनमा स्टिकर अनिवार्य राख्नु पर्ने लगायतका निर्णय गरिएको छ ।

यदि एक महीनासम्म पनि निर्णय कार्यान्वयन नगरे रु. एक हजार जरिवाना गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्