सोह्र वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

Gang Rape
लाेकपाटी न्यूज
0 Shares

असोज २५, बुटवल । रुपन्देहीमा सोह्र वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहारीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका (१० का ३५ वर्षीय उदय थापा र वुटवल उपमहानगरपालिका (७ का २६ वर्षीय कृष्ण थापा रहेका छन् ।

बुटवलमा चलिरहेको मेला घुमेर फर्कने क्रममा बेलुका ८ बजे मोटरसाइकलमा राखेर नजिकै रहेको शिबनगर जंगलमा र्पुयाएर सामुहिक बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी छिन् ।

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्