एर्डाले नाइट क्लबको झगडामा गायकको नाक भाँचिदिए

Arda Turan
लाेकपाटी न्यूज
0 Shares

२५ असोज, काठमाडौं । टर्कीको स्तानबुल बसाकसेहिर क्लबमा रहेका बार्सिलोनाका पूर्व मिडफिल्डर एर्डा टुरानले एक नाइट क्लबमा भएको झगडामा गायक बेरकेको नाक भाँचिदिएका छन् ।

नाइट क्लबमा टुरानले बेरकेकी श्रीमतीलाई जिस्काएपछि झगडा सुरु भएको बताइएको छ । टुरानले भनेका थिए, ‘यदि म विवाहित नभएको भए तिमी जस्तो केटीलाई छोड्ने थिइन ।’ टुरानको भनाईपछि बेरकेले श्रीमतीलाई घर पठाएर झगडा सुरु गरेका थिए ।

जसमा टुरानले उनको नाकमा हानेर भाँचिदिएका हुन् । केही समयपछि अस्पतालमा गएर टुरानले बेरकेसँग माफी मागेका थिए ।
टुरानले आफ्नो इन्स्टाग्राममार्फत क्लबमा साथीहरुसँग गएको र झगडा पनि परेको स्वीकार गरेका छन् । तर, झगडाको कारण गायकको श्रीमतीलाई जिस्क्याउनु भने नहेरेको उनको भनाइ छ ।

३१ वर्षका टुरान गएको जनवरीमा बार्सिलोनाबाट लोनमा बसाकसेहिर गएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्