नरेश पातलीको ‘गर्लफ्रेण्ड’ को चर्चा

girlfriend
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं २६ असोज । बझाङका नरेश पातली नेपाल आइडलमा सहभागी भएपछि एकाएक हिट भए । धनगढी अडिसनमा ‘ऊ जितेर गई या हारेर’ बोलको गीत गाएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए । ‘सुर न ताल’ सँग अनौठो हाउभाउसहित गीत गाएपछि उनको चर्चा चुलिएको थियो ।

नेपाल आइडल अडिसनमा छनोट नभए पनि उनको चर्चा भने सेलाएको छैन । पातलीले गत शनिबार ‘आई ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत बजारमा ल्याएका छन् ।

म्युजिक भिडियोमा पातली आफैंले अभिनय गरेका छन् । यस गीतमा बादल घिमिरेले संगीत भरेका छन् । नेपाल आइडलको अडिसन भिडियो हेरेपछि आफूले नरेशको स्वरमा संगीत गरेको बताउँछन् घिमिरे । उनी भन्छन्, “पातलीको स्वरमा फरक खालको टेस्ट सुन्न सक्नुहुन्छ ।”

भर्खरै बजारमा आएको उनको गीतमा शब्द छ–

हजुरबुवाले त हजुरआमालाई देख्दै नदेखी बिहे गरेका थिए

बाबाले पनि मेरी आमालाई चिन्दै नचिनी बिहे गरेका थिए

ट्वान्टी वान सेन्चुरी, फेरियो ट्रेन्ड, आई ह्याभ अ गलफ्रेन्ड ।

नेपाल आइडलको अडिसन हेर्न गएका पातलीले फारम भरेर अडिसनमै भाग लिन भ्याए । भन्छन्, “गीत के हो ? म्युजिक के हो भन्ने केही थाहा थिएन मलाई । एकदमै डर लागेको थियो। थर्थरी काँमिरहेको थिए म ।” आफूले अडिसनमा गाएको गीतलाई न्याय दिन नसकेको उनी स्वीकार्छन् ।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा कक्षा ११ मा पढ्दै गरेका पातलीले अव भने म्युजिकमै लाग्ने योजना रहेको बताउँछन् । भन्छन् , “गीत गाउन अत्यन्तै गाह्रो रहेछ । म्युजिक सिक्न र हरेक दिन गीतमै समय दिने सोच बनाएको छु ।”

१२ वर्षअघि घाँस काट्न जाँदा भीरबाट खसेर आमाको मृत्यु भएपछि उनको परिवारमा दुःखका दिन सुरु भएको थिए । आर्थिक अवस्था कमजोर भएकाले उनको परिवारले उनलाई १० कक्षाभन्दा माथि पढाउन सकेनन् ।

अहिले धनगढीमै रहेका एक आफन्तको घरमा बसेर अध्ययन गर्दैछन् । अडिसनको गीत सुनेर केही साथीले हिम्मत गरिस् भनेर हौसला दिए पनि धेरैले भने गाली गरेको उनले सुनाए ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्