अख्तियारको काममा राजनीतिक हस्तक्षेप अस्विकार्य : प्रमुख आयुक्त घिमिरे

Nabin Kumar Ghimire
लाेकपाटी न्यूज
0 Shares

पोखरा, २६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकार्वाहीमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् ।

सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आयोजित अन्तरक्रियामा उनले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिनेसमेत दाबी गरे ।

आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उनले अख्तियार आफ्नो क्षेत्राधिकारअनुरुप भ्रष्टाचार नियन्त्रणमा निरन्तर लाग्ने उल्लेख गरे ।

ठेक्का लिएपछि लामो समयसम्म आफ्नो नियन्त्रणमा लिने र काम नगर्ने प्रवृत्ति बढेकामा जोड दिँदै उनले त्यस्तालाई अनुसन्धानको दायरामा ल्याउने बताए ।

राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै उनले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने उल्लेख गरे ।
अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा उजुरी पर्ने गरेको र आयोगका कामको प्रभावकारिता बढाउन समयसापेक्ष तालीम प्रदान गर्ने गरिएको जानकारी दिए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको र त्यसतर्फ अख्तियारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्