विकास निर्माणका काम छोडेर उपनिर्वाचन हुँदैन : प्रचण्ड

Prachandaa
लाेकपाटी न्यूज
0 Shares

काठमाण्डौ, २६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेता बामदेव गौतमले नै उपचुनाव नलड्ने भनिसकेकाले अब यसबारे कुरा गर्न जरुरी नरहेको बताएका छन् ।

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, जताततै आलोचना भएपछि गौतम पछि हटे ।

शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले विकास निर्माण छाडेर उपचुनावमा नलाग्ने बताएका हुन् ।
दाहालले केपी ओली नेतृत्वको सरकारले ६ महिनाको अवधिमा नै विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए ।