‘छक्का पन्जा ३’ को आक्रामक व्यापार

Chhakka Panja 3
लाेकपाटी न्यूज
0 Shares

बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कमाई गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । वुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो ।

रिलिजको दोश्रो दिन बिहिबार पनि चलचित्रको व्यापार राम्रो छ । दोश्रो दिन चलचित्रले ८० लाख माथिको व्यापार गरेको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छिन् । दुई दिनमा चलचित्र २ करोड ग्रस कलेक्शन गर्न सफल भएको छ ।

यसपटकको बिषयवस्तुलाई दर्शकले रुचाएका कारण पनि शुक्रबार र शनिबार चलचित्रले आक्रामक कलेक्शन गर्ने संकेत देखिएको छ । चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । मल्टिप्लेक्समा भोलीका आजैदेखि आक्रामक बुकिङ सुरु भैसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्