नेपाल बहुरङ्गको फूलबारी हो : अध्यक्ष तिमिल्सिना

Ganesh prasad Timalsina
लाेकपाटी न्यूज
0 Shares

बागलुङ, २८ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् ।

महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आइतबार बाग्लुङ्मा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए ।

तिमिल्सिनाले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा गरीब भएको भन्दै अहिलेको सरकारले देशलाई विकासतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।

“नेपाल बहुरङ्गको फूलबारी हो”, तिमिल्सिनाले भने, “अरू देशमा जस्तो धार्मिकयुद्ध नेपालमा नहुनु विश्वलाई सुःखद् सन्देश हो ।” सरकारले नेपालमा भएको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी देशलाई समृद्ध बनाउने उनको भनाइ थियो ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बागलुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्