टिकाको दिन नेपाली सेनाको निःशुल्क यात्रुबस सेवा

Nepal Army bus
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ असोज । दशैंका कारण राजधानी उपत्यकामा न्यून सार्वजनिक सवारी चल्ने भएपछि नेपाली सेनाले टीकाको दिन निःशुल्क यात्रु बस चलाउने भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले कात्तिक २ गते टीकाका दिन सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा र्पुयाउन यात्रु बस चलाउन लागिएको जनाएको छ ।

नेपाली सेनाले उपत्यकाका विभिन्न ८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका १–१ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।

यस्तो छ रुट

(क) रुट नं.१ः भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

(ख) रुट नं.२ः भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

(ग) रुट नं.३ः भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

(घ) रुट नं.४ः भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

(ङ) रुट नं.५ः भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहिदगेट ।

(च) रुट नं.६ः भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

(छ) रुट नं.७ : भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

(ज) रुट नं.८ः भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्