दशैँ मनाउन २२ लाखले छोडे राजधानी, सुनसान बन्यो उपत्यका

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३१ असोज । दशैँ मनाउन काठमाडौं उपयकाबाट २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्।
स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ। टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए। दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ।
काठमाडौंबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौंको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन्। अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्