‘ऊर्जाले नेपालमा सामाजिक–आर्थिक रुपान्तरण गर्छ’

Barshaman Pun
लाेकपाटी न्यूज
0 Shares

बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर: नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरियो।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र भएको उल्लेख गर्दै उक्त क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए।
सरकारले आगामी दश वर्षभित्रमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको जानकारी दिँदै उहाँले त्यसका निम्ति नेपाललाई वैदेशिक लगानी आवश्यक भएको बताए।
मन्त्री पुनले भने, “नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म चिनियाँ लगानीकर्तालाई आह्वान गर्दछु।”
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा चिनियाँ लगानी भित्र्याउन आफू निरन्तर क्रियाशील रहेको बताउँदै त्यसका निम्ति चिनियाँ उद्यमी र नेपालका नीति निर्माण तहसँग सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा सङ्घीय संसद्का सदस्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, नेपाल र चीनको निजी क्षेत्रका उद्यमी, व्यवसायी, गैरआवासीय नेपाली सङ्घ, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ, एशियाली पूर्वाधार, लगानी बैंक, जलविद्युत् लगानी तथा विकास बोर्ड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलगायत ऊर्जा क्षेत्रका जानकारसहित १५० जनाको सहभागिता रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्