बामदेव र नारायणकाजीलाई चुनाव नजिताउनु नेकपाको कमजोरी हो : माधव नेपाल

madhav kumar nepal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अर्का शीर्ष नेता वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु आफूहरुको कमजोरी रहेको स्विकार गरेका छन् ।

शुक्रबार साँझ प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो खुलासा गरेका हुन् । उनले गल्ती स्विकार गर्दै भने,वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु हाम्रो कमजोरी भयो । उहाँलेमात्रै होईन, नारायणकाजीले पनि जित्नुपर्दथ्यो । अब उहाँहरुलाई संसदमा ल्याउनेबारे छलफल गर्नुपर्छ ।”

उनले नेता गौतम चुनाव उठ्दा कसैले पनि आपत्ति गर्न नहुने धारणा समेत राखे। उनले भने,”पार्टीभित्र कुनै विरोध भएको छैन । गौतमजी ससंदमा चाहिन्छ ।” उनले वामदेवलाई संसदमा ल्याउनेबारे सबैको एकमत रहेको पनि सुनाए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्ने पक्षमा अहिले कोही पनि नरहेको उनले स्पष्ट पारे । उनले भने,”अस्थिरता पैदा गर्ने काम कसैले पनि गर्नुहुँदैन् । यो पार्टीले नै ५ वर्षसम्म सरकार चलाउँछ । कम्युनिष्ट पार्टीले नै अर्को पाँच वर्ष, अर्को पाँच वर्षसम्म पनि सरकार चलाउँछ ।”