नेपाली कांग्रेस कमजोर छैन : शशांक कोइराला

sashanka koirala
लाेकपाटी न्यूज
0 Shares

विराटनगर, ५ कात्तिक । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए ।

कोइरालाले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन, सबैले लिनुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे ।

उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयनको कामना गरे ।

नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली काङ्ग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्