यस्तो रह्यो डा. बाबुराम भट्टराईको दशैं

Baburam Dashain
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ६ कार्तिक । नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसपालिको दशैं गोरखामा मनाएका छन् ।

नेता भट्टराईले गोरखामा आफ्ना परिवारका सदस्य र आफन्तसँग टीका लगाएर दशैं बनाएका हुन् । उनले दशैंको फोटो आफ्नो फेसबुकमा पोष्ट पनि गरेका छन् ।

भट्टराई प्रधानमन्त्री भएदेखि नै उनले नियमित रुपमा दशैं मनाउँदै आएका छन् । दशैंलाई धार्मिक नभएर सांस्कृतिक पर्व ठान्ने भट्टराईले हरेक दशैं आफ्नै गृह जिल्लामा मनाउने गरेका हुन् ।

भट्टराईसँगै दशैं मनाउन उनकी पत्नी हिसिला यमी, छोरी मानुषी यमी लगायतका सदस्यहरु गोरखा पुगेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्