किन आउँदैछन् भाकपा मार्क्सवादीका नेता सीताराम यचुरी नेपाल ?

sitaram-yechury
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै छन् ।

काठमाडौं रहँदा यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नेछन् ।

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्नुहुने सो पार्टीले जनाएको छ । तविचार गोष्ठीलाई सम्बोधन गर्ने भनिए पनि उनको मूख्य कार्यक्रम राजनीतिक भेटघाट नै भएको बताइएको छ ।

भारतीय राजनीतिमा निर्णायक मानिने यचुरीको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय संस्थापन पक्षसँग आफ्नो सम्बन्ध बलियो बनाउन प्रयत्नशील छन् । त्यसकै लागि यचुरीलाई आमन्त्रण गरिएको स्रोतले बतायो ।