नरेन्द्र मोदीलाई शान्ति पुरस्कार

narendra modi
लाेकपाटी न्यूज
0 Shares

यस वर्षको प्रतिष्ठित सियोल शान्ति पुरस्कार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाउने भएका छन्। दक्षिण कोरियाले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त शान्ति पुरस्कार यस वर्ष मोदीको आर्थिक नीतिलाई प्रशंसा गर्दै प्रदान गर्न लागेको हो।

प्रधानमन्त्री मोदीले आफ्नो आर्थिक नीति ‘मोदीनोमिक्स’का माध्यमबाट भारतीय अर्थव्यवस्थामा वृद्धिका साथै विश्व शान्ति, मानव विकासमा सुधार र भारतीय लोकतन्त्रलाई मजबुत बनाउने दिशामा उनले दिएको योगदानलाई कदर गर्दै कारियाले सियोल शान्ति पुरस्कारका लागि मोदीलाई चुनेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

कोरियाले मोदीको आर्थिक नीतिको प्रशंसा गर्दै धनी र गरिबबीचको सामाजिक र आर्थिक गहिरालाई कम गर्ने प्रयास गरेको बताएको छ। कोरियाले मोदीले भ्रष्टाचार रोक्न उठाएको कदम र विश्व र क्षेत्रीय शान्तिका लागि गरेको कुटनीतिक प्रयासका बारेमा खुलेर प्रशंसा गरेको छ।

मोदीले पुरस्कारस्वरूप पदकका साथै दुई लाख अमेरिकी डलर पाउने छन्। उक्त पुरस्कारबाट सम्मानित हुने मोदी भने पहिलो भारतीय होइनन्। यसअघि सन् २०१२ मा पूर्वप्रधानमन्त्री मनमोहन सिंहले पनि उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन्।

सियोल शान्ति पुरस्कार हालसम्म १४ जना प्रधानमन्त्रीका साथै विभिन्न संस्थाका प्रमुखले प्राप्त गरिसकेका छन्। यसअघि उक्त पुरस्कारबाट संयुक्त राष्ट्रसंघका पूर्वप्रमुख कोफी अन्नान र वानकी मुन पनि सम्मानित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्