प्रदेश नं.–२ स्वतन्त्र छ, हामी केन्द्रका दास होइनौं : मन्त्री दास

ram naresh ray
लाेकपाटी न्यूज
0 Shares

जनकपुर, ८ कार्तिक । नेकपाका अध्यक्ष प्रचण्डले कार्तिक ६ गते प्रदेश नम्बर २ को जनकपुरमा नेकपा पाटी कार्यालयको उद्घाटन गर्ने क्रममा बोलेको विषयलाई लिएर प्रदेश २ मा मधेशी नेताहरुले आपत्ति जनाएका छन् ।

प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले प्रदेश सरकार संघीय सरकारको दास नभएको बताएका छन् । उनले संविधानअनुसार प्रदेश सरकारले काम गरिरहेको दावी गर्दै केन्द्र सरकारको दासत्व नसहने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डलाई संकेत गर्दै उनले भने, “उनीहरुले बेलैमा बुझे हुन्छ प्रदेश नम्बर २ को सरकार कसैको दास होइन । संघीय सरकार वा राजनीतिक दलका नेतालाई भ्रम छ भने हटाए हुन्छ । हामी जनताको दास हौँ, संघीय सरकारको होइन ।”

मन्त्री रामनरेशले प्रचण्डले सस्तो नारा बाँडेर अहिले प्रदेश सरकारलाई दास बनाउन खोजेको पनि आरोप लगाए । उनले संविधान संशोधनका लागि पनि जोडदार माग गरे ।

उनले प्रदेश २ को सरकारले जनताको हितमा काम गरिरहेको दावी पनि गरे । केन्द्र सरकार नै संघीयता असफल बनाउन लागिपरेको आरोपसमेत उनले लगाएका छन् ।

प्रचण्डले के भनेका थिए ?

प्रचण्डले प्रदेश नम्बर २ को जनकपुरमा नेकपा पाटी कार्यालयको उद्घाटन गर्दै कात्तिक ६ गते ऐन बनाउने क्रममा ओभरटेग नगर्न प्रदेश नंं २ का मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । प्रदेश नम्बर २ को जनकपुरमा नेकपा पाटी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले ओभरटेग गर्न खोज्दा खतरा बढेर जानेतर्फ सचेत रहन मुख्यमन्त्री लालबाबु राउतलाई सुझाव थियो ।

संघिय प्रहरी ऐन अहिलेको राष्ट्रिय चर्चाको विषय बनेको छ, उनले भने,‘संविधानले पहिले संघीय प्रहरी ऐन र त्यस अन्तगर्त प्रदेशले पनि आ आफ्नो अवस्था अनुसार ऐन बनाउने परिकल्पना गरेको छ । केहि नबनाई नहुने मौलिक अधिकार सम्बन्धी ऐनले गर्दा ढिलो भयो भन्दैमा ओभरटेग गर्न नखोज्नुस् ।’

उनले ढिलो भयो भन्दैमा संघिय समानुपातिक समावेश मान्यतालाई स्थापित गर्ने नेतृत्वलाई अभोटेग गर्नु दुरभाग्य हुने बताएका थिए । यसले गभ्भिर दुर्घटना हुन सक्ने भन्दै अध्यक्ष प्रचण्डले ध्यान दिएर अगाडि बढ्न मुख्यमन्त्री राउतलाई आहवान समेत गरेका थिए ।

उनले भनेका थिए, ‘मधेसी जनताको भावना अनुसार प्रधानमन्त्री केपी शर्मा ओली म र उपेन्द्र यादवजीबीच सहमति भएकाले संविधान परिर्माजित हुन्छ ।’
‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा आफूले अघि सारेको दाबी गर्दै उनले आफूले पाइसकेको अधिकार गुम्ने गरी अघि बढ्यो भने मुर्खता हुने बताएका थिए ।

प्रदेश २ को विकासलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको भन्दै नेकपा अध्यक्ष प्रचण्डले अतिवाद तथा विखण्डनको पछि नलाग्न प्रदेश २ का जनतालाई अपीलसमेत गरेका थिए ।