महान् बन्ने सूत्र – अल्वर्ट आइन्स्टाइन

Albert_Einstein
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक विद्यार्थीले सोध्यो – ‘सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा गर्छन् । तपाईलाई महान् भन्छन् । सर भन्नुस् न, आखिर महान् बन्ने सूत्र के हो ? महान् बन्न के–के गर्नुपर्छ ?’

लगन । आइन्स्टाइनले मुस्कुराउदै भने – ‘यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिए, तब गणितदेखि डराउँथे, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा फेल हुन्थें । मैले सजाय पाउँथें, मेरा साथीहरू मलाई जितेर अघि बढ्थें । उनीहरू मेरो मजाक उडाउँथें । म मन मारेर बस्थें ।’

‘एकदिन मैले सोचे आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणितदेखि डराउने गर्छु ?’ आइन्स्टाइन्ले भने – ‘बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानका लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए । साथीहरूले खिल्ली उडाउन छोडेनन्, तैपनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । र यही लगनले मलाई आज यहाँसम्म पुर्यायो ।’

‘लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ तिमीले लगन कहिल्यै नछोड्नु । लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो ।’ आइन्स्टाइनको सूत्र सुनेर विद्यार्थी मुस्कुराउँदै फर्कियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्