मालपोत कार्यालयभित्र जुवाको खाल

Playing-card tas
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ । मालपोत कार्यालयभित्रै जुवा खेलिरहेको अवस्थामा कर्मचारी पक्राउ परेका छन् । काठमाडौँको तारकेश्वर मनमैजुस्थित मालपोत कार्यालयका कर्मचारी जुवा खेल्दै गर्दा १ लाख ९७ हजार नगदसहित रङ्गेहात पक्राउ परेका हुन्।

कार्यालय परिसरभित्रै बुधबार साँझ ६ बजे कार्यालय नायब सुब्बा रामराज पोखरेल सहित उदय शिलवाल, शिव अर्याल, सुमन भट्टराई, प्रह्लाद खड्का, लक्ष्मण केसी, शंकर तिमल्सिना, पुष्कर थापा, मनोज तिमल्सिना, विजय सापकोटा, विनोद गजुरेल र केदार खत्रीलाई प्रहरीले कार्यालय परिसरमा तास खेल्दै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका १२ जना अहिले बालाजु प्रहरी वृतमा म्याद थप गरी थुनामा राखेको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारवाही प्रक्रिया अघि बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्