पत्रकारको गाडीलाई कांग्रेसको कालो झण्डा

black flag
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १० कार्तिक । नेपाली कांग्रेस कञ्चनपुरले पत्रकार महासङ्घका नेताहरु चढेको गाडीलाई कालो झण्डा देखाएको छ ।

शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजित प्रथम बेलौरी महोत्सवको उद्घाटनमा पुगेका पत्रकारका नेताहरुलाई कांग्रेसले कालो झण्डा देखाएको हो । कांग्रेसका कार्यकर्ताले सडकपेटीमा उभिएर पत्रकार चढेको गाडीलाई कालो झण्डा देखाएका हुन् ।

बेलौरी महोत्सवमा आयोजकले सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई मात्र बोलाएको र पार्टीलाई निम्ता नगरेको भन्दै कांग्रेसका नेता, कार्यकर्ता आक्रोशित बनेका हुन् । आक्रोशित बनेका कार्यकर्ताले महोत्सवमा आउने सबै आगन्तुकमध्ये पत्रकार चढेको गाडीलाई कालो झण्डा देखाएका हुन् ।

महोत्सवको प्रमूख अतिथिका रुपमा खानेपानी मन्त्री बीना मगरलाई निम्त्याइएको थियो । उनी कञ्चनपुरकी निर्वाचित सांसद पनि हुन् । दलहरुलाई महोत्सवमा निम्ता नगरेको सूचना पाएपछि मन्त्री मगरले आयोजकलाई पुन पत्राचार गर्न सुझाएकी थिइन् ।

कांग्रेस कार्यकर्ताले मन्त्री मगर चढेको गाडी भन्दै पत्रकारको गाडीलाई कालो झण्डा देखाएपछि स्थानीय आश्चर्यचकित भएका थिए । यसबारे कांग्रेसले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

पत्रकार महासङ्घका कञ्चनपुर नेता राजेन्द्र अवस्थीलाई पत्रकार महासङ्घको गाडीमा कालो झण्डा देखाएको भन्दै आपत्ति जनाएको छन् । उनले फेसबुकमा स्टाटस लेख्दै पत्रकार र मन्त्रीको गाडी पनि नचिन्ने भन्दै व्यङ्गसमेत गरेका छन् ।

Capture

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्