नेकपालाई टक्कर दिने पार्टी कांग्रेस मात्र हो : नेता सिंह

Prakashman singh
लाेकपाटी न्यूज
0 Shares

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई समयअनुसार चलायमान बनाउनका लागि विधान संशोधन गर्न लागिएको बताएका छन् ।

संघीय विधान कस्तो बनाउने भन्ने छलफलकै क्रममा रहेको बताउँदै सिंहले कुनै नेतालाई पद दिन र व्यवस्थापन गर्ने गरी विधान संशोधन नहुने बताए ।

‘विधान कस्तो बनाउने भन्ने छलफल भइराखेको छ। प्रदेशहरूमा पुगेर पनि छलफल गरी राय, सुझाव लिइसकियो। पार्टीलाई चलायमान गर्न विधान संशोधन गर्ने हो’, काठमाडौंको टोखा नगरपालिकाका अन्तर्गत पार्टीका विभिन्न वडा कार्यसमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले भने, ‘नेताका आसेपासेलाई कहीँकतै राख्न विधान संशोधन हुन्न। पार्टीलाई अघि बढाउने खालको विधान बन्छ।’

निर्वाचनपछि पार्टी लथालिङ्ग अवस्थामा रहेको बताउँदै उनले कम्युनिष्टलाई टक्कर दिन सक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन् । नयाँ खुलेका पार्टीले कम्युनिष्टसँग प्रतिष्पर्धा गर्न र विकास गर्न नसक्ने उनको भनाइ छ ।

उनले पार्टी विभाग, संरचना र वैचारिक रूपमा पनि स्पष्ट हुने गरी अघि बढ्नुपर्ने बेला आएको बताए ।