अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सिटी हल दुवै बन्छ : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज
0 Shares

चितवन, ११ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सिटी हल दुवै बन्ने बताएका छन् ।

आइतबार भरतपुर महानगरपालिकामा सञ्चालन हुने आयोजनाहरुको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले महानगरपालिकाको कार्यक्रममा अन्तर्राष्ट्रिय रंगशाला र सिटी हल दुवै बन्ने बताएका हुन् ।

उनले चियापान सकाएर आफू प्रधानमन्त्रीलाई भेट्न जाँदा रंगशाला र सिटी हलका विषयमा भएका प्रयासहरुको बारेमा छलफल भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले दुवै संरचना निर्माण गरिने घोषणा गर्दिनुस् भन्नुभा’छ । अब समस्या छैन ।’

तर, आयोजना कुन ठाउँमा बन्छ भन्नेबारे उनले खुलाएनन् । उनले चितवनलाई शहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालयले विशेष चासोका साथ हेरेको उल्लेख गरे ।