प्रधानमन्त्री ओली मनमोहन कार्डिओलोजीको आइसियूमा भर्ना

kp sharma oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

शनिबारदेखि नै रुघाखोकीले ग्रस्त प्रधानमन्त्री ओली थप समस्या देखिएपछि आइतबार राति महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना भएका हुन् ।

अस्पतालका डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीको श्वासप्रश्वास गम्भीर समस्या देखिएको छ । स्वास्थ्यमा आएको समस्याकै कारण शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत आोली सहभागी भएनन् । संक्रमण बढ्ने सम्भावना भएपछि निजी चिकित्सकको सुझावमा उनी प्रधानमन्त्री निवासमै आराम गरेका थिए ।

सामान्य रुघाखोकी र भाइरल ज्वरोको समस्यामा रहेका प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमै समस्या आएपछि आइसियूमा भर्ना गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खोकी नियन्त्रणसहित थप परीक्षणका लागि अस्पताल भनाइ भएको जानकारी दिए । अधिकारीले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्