कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? (हेर्नुस् अस्पतालको विज्ञप्ति)

kp sharma oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ कात्तिक । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको जनाएको छ ।

केही समय अगाडी प्रेस विज्ञप्ती निकालेर उनको स्वास्थ्य स्थीतीमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थीती सामान्य रहेको कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको तथा शरिरमा चिनीको मात्र असन्तुलित देखिएको हुँदा आज विहान साढे चार बजे शिक्षण अस्पताल गरिएको थियो । यसै बीच, प्रधानमन्त्री ओलीको उपचारमा अस्पतालका पाँच चिकित्सकको टोली खटिएको छ ।

उपचारमा कलेजो विशेषज्ञ दिलीप शर्मा, छाती विशेषज्ञ डा. सन्तकुमार दास, मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, स्नेथेनियाका डा. सुवास आचार्य र मृगौला रोग सम्वन्धि डा. दिव्या सिंह रहेका छन् । सिंह प्रधानमन्त्री ओलीका निजी चिकित्सक समेत हुन् ।

डाक्टरहरुले प्रधानमन्त्री ओलीको लिक्वीड प्रोफाइल जाँच समेत गरेका छन् । गए रातिदेखि नै लगातार खोकी लाग्ने क्रम नरोकिएपछि अस्पताल भर्ना गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली केही दिनदेखि बिरामी भएका थिए भने उनलाई त्यो बेलादेखि नै लगातार खोकी लागेको थियो ।

press-relase