राष्ट्रपति भण्डारी कतार प्रस्थान

bidhyadevi bhandari
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छन् ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई गरे । त्यस्तै राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले सलामी दिएको छ ।

राष्ट्रपति भण्डारी कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा कतार प्रस्थान गरेकी हुन् । आइतबार बसेको क्याबिनेट बैठकले उनको स्वीकृत गरेको थियो ।

कात्तिक १५ गतेसम्म उनी कतार भ्रमणमा रहनेछिन् । राष्ट्रपति भण्डारीको कतार भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ ।