राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई

Nanda-Bahadur-Pun pasang
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा सोमबार कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकिएको छ ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।