पीपीएल : पारसको टिम चितवन राइनोजको लगातार दोस्रो हार

लाेकपाटी न्यूज
0 Shares

पोखरा, १२ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटअन्तर्गत सोमबार भएको दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । यो पारस खड्काको टिम चितवन राइनोजको लगातार दोस्रो हार हो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा चितवनले प्रस्तुत गरेको १४१ रनको मध्यम लक्ष्य पछ्याएको पोखराले १७ ओभर १ बलमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

पोखराका लागि रविइन्दरले सर्वाधिक ६५ रन बनाए भने कप्तान शरद भेषवाकर २७ रनमा आउट भए ।

उता पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४०रन बनाएको थियो ।

चितवनका लागि सनी पटेलले ४६ तथा कप्तान पारस खड्काले ४४ रनको योगदान दिए ।