पूर्वअर्थमन्त्री श्रेष्ठको निधन

DR BADRI PRASAD SHRESTHA
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १२ कात्तिक । पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ ।

पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनका भानिज दिनेश श्रेष्ठले जानकारी दिए ।

अर्थशास्त्री डा. श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गरेका थिए ।

उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनका भानिज श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्