प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर (विज्ञप्तिसहित)

kp sharma oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य अवस्थामा सुधार आएको चिकित्सकहरुले बताएका छन् । साँझ ६ बजे त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ती निकाल्दै स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको र अहिले स्थिर रहेको उल्लेछ ।

‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थीर रहेको जानकारी गराइन्छ’ अस्पतालका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले भने । प्रधानमन्त्री केही दिन अस्पतालमै रहने छन् । उनको उपचारमा डा. अरुण सायमीको नेतृत्वमा डा. दिब्या सिंह शाह, डा. सन्तकुमार दासको टोली संलग्न छ ।

डा. सायमीले स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताए । उनले भने, ‘इन्फेक्सनको कारण चाहि भाइरल ज्वरो छ, त्यसै कारण भएको हो । सुगर लेभल ठूलो कुरा भएन, त्यो कन्ट्रोल गर्न हामीले औषधि दिइरहेका छौं । त्यसले गर्दा सुगर अलिकति तलमाथि हुन्छ, त्यो पनि अहिले स्थिर अवस्थामा छ ।’

उनले ठ्याक्कै यति नै दिन अस्पतालमा राख्नुपर्ने नबताए पनि केही दिन अस्पतालमै राख्नुपर्ने जानकारी दिए । ‘ठ्याक्क त भन्न सकिँदैन, यही हिसावले भन्ने हो भने दुई तीन दिन हामी राख्छौं’ भनले भने ।

यसै बीच, अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा भोलि बिहान १० बजे पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ । सो सम्मेलनमा विस्तृत सबै जानकारी दिइने बताइएको छ ।