रियल मड्रिडका प्रशिक्षक बर्खास्त

Capture
लाेकपाटी न्यूज
0 Shares

१३ कार्तिक, काठमाडौं । रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई अनुबन्धन भएको करिब ४ महिनामै बर्खास्त गरेको छ ।

जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा स्पेनिस क्लब रियलले लुपेटेगुईलाई नियुक्त गरेको थियो । तर पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उनलाई बर्खास्त गरिएको हो ।

हुन त रियलले स्पेनिस ला लिगामा पछिल्लो समयमा खेलेको ५ खेलमध्ये ४ खेल हारेको छ । भने एक खेलमा बराबरी खेलेको छ ।

स्पेनिस ला लिगामा शनिबार बार्सिलोनासँग रियल मड्रिड ५–१ गोलको भारी अन्तरले पराजित भएको थियो । अहिले रियल लिगमा नवौं स्थानमा रहेको छ भने उसको १० खेलबाट १४ अंक मात्रै रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्