
0
Shares
काठमाडौं, १३ कात्तिक । मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन प्रतितोला रु. सयले घटेको छ भने चाँदी प्रतितोला रु. पाँचले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ६० हजार २०० मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रु. ५९ हजार ९०० मा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला रु. ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।