नेकपा र काँग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्यो, एकको मृत्यु ७ घाइते

Goli
लाेकपाटी न्यूज
0 Shares

सर्लाही, १३ कात्तिक । मंगलबार बिहान नेकपा र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपको क्रममा गोली चल्दा एक काँग्रेस कार्यकर्ताको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली लागि ५० वर्षीय रामविलास महतोको ज्यान गएको छ ।

सोमबार नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेको काँग्रेसको आरोप छ । यसै विषयलाई लिएर आज बिहान झडप भएको हो ।

महतोको मृत्यु गोली लागेर भएपनि ढुंगामुढा प्रहारबाट सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्