अस्पतालले प्रधानमन्त्री ओलीलाई भेट्न लगायो रोक 

kp sharma oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ कात्तिक । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षण अस्पतालले भेटघाटमा प्रतिबन्ध लगाएको छ ।

शिक्षण अस्पतालले मंगलबार मध्यान्नबाट भेटघाटमा रोक लगाएको हो । चिकित्सकको सल्लाह अनुसार संक्रमण नियन्त्रण गर्नु पहिलो प्राथमिकता भएको भन्दै अस्पतालले भेटघाटमा बन्देज लगाएको हो ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार र मंगलबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न विभिन्न दलका शीर्ष नेता तथा शुभेच्छुकहरु अस्पताल पुगेका थिए ।