सन्दीप तोशनीवालसँग करिश्माको ब्रेकअप

Karishma and Sandeep
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । ९० को दशकमा चलेकी अभिनेत्री हुन् करिष्मा कपूर । कपूर खानखानकी छोरी करिष्मा ठूलो संख्यामा फिल्म खेलिन् । उनले ‘राजा हिन्दुस्तानी’, ‘जुबैदा’, ‘दिल तो पागल हो’ जस्ता हिट फिल्म दिएकी थिइन् ।

करिष्माको उमेरले चार दशक नाघिसकेको छ । र, पनि उनको सुन्दरतामा कुनै कमी आएको जस्तो लाग्दैन । करिश्मा केही समयअघि सम्म पनि सन्दीप तोशनीवाल नाम गरेका मानिसँग देखिरहन्थिन् । तर, आजकाल भने उनी सन्दीपसँग देखिएकी छैनन् ।

केही दिन पहिले करिश्मा र सन्दीप एक अर्कासँग पार्टीमा पनि छुट्दैनथे । खबरका अनुसार सन्दीप करिश्मासँग कमिटमेन्ट चाहन्थे ।

तर, करिश्मा दोस्रो पटक विवाह गर्न तयार थिइनन् । बताइएअनुसार उनीहरु अहिले अलग भइसकेका छन् ।

करिश्मा अघिल्लो केही वर्षदेखि एक्लै थिइन् भने संदीप तोहनीवालले पनि आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरिसकेका छन् ।

करिश्माले सन् २०१६ मा संजय कपूरसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्