केटीहरु कस्तो र कत्रो लिङ्ग चाहन्छन् ? (हेर्नुस् भीडियो)

Sexy fat girl
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । विशेष गरी महिलाहरु कत्रो लिङ्ग मन पराउछन् ? भन्ने विषयलाई लिएर विश्वभर बहस बढेको छ । पछिल्लो समयमा यस्ता विषयमा विभिन्न अनुसन्धान र जनमत पनि सार्वजनिक गरिएका छन् ।

यस विषयमा अध्ययन गर्न पछिल्लो पटक वैज्ञानिकहरु थ्री डी प्रिन्टिङतर्फ समेत बढेका छन् । अनुसन्धानको परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकि आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औसत आकारमा नै चित्त बुझाउने गरेका छन् ।

केही महिलाले भने औसत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् । तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिङ्गको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ ।

अध्ययनका लागि लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालय र युनिर्भसिटी अफ न्यु मेक्सिकोका अनुसन्धानकर्ताहरुले थ्री डी प्रिन्ट गरिएका लिंगका विभिन्न ३३ नमुनाहरु सार्वजनिक गरेका थिए । अमेरिकी नागरिकहरुको औसत लिंग (६ इन्च) का आधारमा यो अध्ययन गरिएको थियो । थ्रीडी लिंग अध्ययन प्रविधिको पछाडि महिलाहरुलाई लिंगको आकारबारे सम्झनका लागि सहयोग पुगोस् भन्ने रहेको थियो ।

अध्ययनमा सहभागी ७५ जना महिलालाई एक रातको लागि मात्र छनौट गर्नुपर्यो भने कति लामो लिंगको छनौट गर्नुहुन्छ र दीर्घकालीन सम्बन्धमा कत्रो लिंग उपयुक्त लाग्छ ? भनि प्रश्न सोधिएको थियो । समग्रमा अनौपचारिक यौन सम्पर्कमा उनीहरुले आकारलाई बढी महत्व दिएको अध्ययनले देखाएको छ ।

औषतमा महिलाहरुले ६ दशमलब ४ इन्च लामो र पाँच इन्च चौडा लिंगको आकार चाहेका थिए । तर, दीर्घकालीन सम्बन्धको सवालमा लिंगको आकारप्रति उनीहरुको खासै गुनासो थिएन । किनकि औसतले ६ दशमल ३ इन्च लामोमा नै चित्त बुझाएका थिए । ‘थ्रीडी मोडलद्धारा गरिएको यस अध्ययनमा महिलाहरुले औसत भन्दा अलिक ठूलो मन पराएको देखिन्छ,’ अनुसन्धान पत्रमा उल्लेख गरिएको छ ।

अध्ययनका क्रममा महिलालाई लिंगको आकार, सेक्सको तरिका लगायतका विषयमा प्रश्न सोधिएको थियो । अधिकांश महिलाहरुले लिङ्गको आकारभन्दा यौन आसनमा बढी रुचि राख्ने गरेको देखिएको छ । अध्ययनलाई प्लस ओनमा प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्