पीपीएल : चितवनले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

Kathmandu vs Chitwan
लाेकपाटी न्यूज
0 Shares

पोखरा, १५ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको पारस खड्काको कप्तानीमा रहेको चितवनले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४९ रनको मध्यम स्कोर खडा गर्यो ।

ब्याटिङतर्फ चितवनका लागि ओपनर हरि शंकर साहले ६० रनको रनको सानदार पारी खेले । पीपीएलमा हरीको यो लगातार दोस्रो अर्धशतक हो । उनले हिजो बुधबारधनगढीविरुद्धको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए ।

त्यस्तै स्मित पटेलले ३१ रन बनाउँदा अनिल कुमार साहले २७ रनको योगदान दिए । कप्तान पारस खड्का १४ रनमै पेभेलियन फर्के भने सन्नी पटेलले १३ रन बनाए ।

बलिङतर्फ काठमाडौंका बसन्त रेग्मीले २ विकेट हात पारे । पवन सर्राफ र नन्दन यादवले समान एकएक विकेट लिए ।

केहीबेरमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं जवाफी ब्याटिङमा उत्रँदैछ ।