राष्ट्रपति भण्डारी आज स्वदेश फर्कँदै

bidhyadevi bhandari
लाेकपाटी न्यूज
0 Shares

कतार, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार साँझ स्वदेश फर्कँदैछिन् ।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा गएको थियो । कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिरलगायत कतारका सरकारी उच्च अधिकारीको भेटवार्ता भएको थियो ।

उनले कतारका विभिन्न स्थान र सम्पदाको भ्रमणसमेत गरेकी थिइन् । राष्ट्रपति भण्डारीका साथ उनीसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कँदैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्