नेप्सेमा एक अर्ब बढीको कारोबार

Stock Market
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ कात्तिक । धितोपत्र बजारमा यस साता रु. एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७ दशमलव ५० बिन्दुमा रहेको कारोबार मापक नेप्से साताको अन्तिम दिन घटेर एक हजार २२० दशमलब ९८ बिन्दुमा पुगेको छ ।

साताभर एक दिनमात्र उकालो लागेको शेयर बजार चार दिन भने लगातार ओरालो लाग्यो । नेप्सेका अनुसार यस साता बजारमा १८३ कम्पनीको कारोबार भएको छ । नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ६५ प्रतिशतले घटेर २५९ दशमलव ६७ अङ्कमा आइपुगेको छ ।

नेप्से घट्दा यससाता लगानीकर्ताले रु. २३ अर्ब ९८ करोड गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन रु. १४ खर्ब ८० अर्ब ६० करोड रहेको कूल बजार पूँजीकरण यस साताको अन्तिम दिन रु. १४ खर्ब ५६ अर्ब ६२ करोडमा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको नियमित कारोबार कक्ष पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता नेप्सेमा कुनै कम्पनीका शेयर सूचीकरण भएनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्