पीपीएल : विराटनगरलाई पराजित गर्दै चितवन दोस्रो चरणमा

Chitwan Rhinos02
लाेकपाटी न्यूज
0 Shares

पोखरा, १७ कात्तिक । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

शनिबार पोखरा क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा चितवन राइनोजले विराटनगर टाईटन्सलाई ४ विकेटले पराजित गरेर दोस्रो चरणमा स्थान बनाएको हो ।

विराटनगरले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य पछ्याएको चितवनले १९ ओभर ४ बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।

ब्याटिङतर्फ चितवनका लागि सन्नी पटेलले अर्धशतकीय पारी खेले । उनले ५१ रनको योगदान दिए भने आरिफ शेखले ३५ रन बनाए । त्यस्तै स्मित पटेलले २१ र अनिल कुमार साहले १२ रन बनाए । सोनु तामाङ ११ रनमा नटआउट रहे ।

बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट हात पारे ।

उता टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४५ रन जोडेको थियो ।

अंक तालिकाको शीर्षस्थानमा रहेका कारण पोखरा पल्टन प्रतियोगिताको फाइनलमा सिधै प्रवेश गरेको छ ।

अब आइतबार एलिमिनेटरमा चितवन राइनोज र हुलास काठमाडौं आमनेसामने हुनेछन् ।