अष्ट्रेलियामा चम्किए सन्दीप

Sandeep Lamichhane
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ९ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगको दोस्रो खेलमा शानदार बलिङ गरेका छन् ।

सोमबार मेलबर्न स्टार्समा रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध तीन विकेट लिएका हुन् । उनले चार ओभरमा २४ रन खर्चिएका हुन् ।

सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा समान एक/एक विकेट लिएका थिए । सन्दीपले पहिलो ओभरमा ओभरमा एलेक्स डोलानलाई बोल्ड गरे । पहिलो ओभरमा ५ रन दिएका सन्दीपले खेलको उनको दोस्रो ओभरमा ७ रन खर्चेका थिए ।

सन्दीपले तेस्रो ओभरमा म्याथ्यु वेडलाई आउट गरे । उनले यस ओभरमा ८ रन खर्चेका थिए । उनले चौथो ओभरमा बेन्जामिन म्याकडेरमोटलाई एलबिडब्लुको धरापमा पारे ।

सन्दीपले यसअघि बिग बासको डेब्यू खेलमा दुई विकेट लिएका थिए ।