हेलिकप्टर दुर्घटना : गभर्नर र सिनेटरको मृत्यु

Helicopter accident in Mexico
लाेकपाटी न्यूज
0 Shares

मेक्सिको, १० पुस । मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो ।

मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए ।

साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गरेकी थिइन् । उनी पुब्लाको पहिलो महिला गभर्नर हुन् । उनको पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्