निगमका विमानले जापानसम्म उडान भर्छ : रवीन्द्र अधिकारी

Rabindra-Adhikari
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १० पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अबको दुई वर्षभित्रमा नेपाल वायु सेवा निगमलाई साझेदारको व्यवस्थासहित सबैले आशा जगाउने गरी ठीक बाटोमा हिँडाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समिति मातहतको उपसमितिको मंगलबारको बैठकमा वाइड बडी खरिदका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले आगामी दुई महिनामा निगमका विमानले जापानसम्म उडान भर्ने जानकारी दिए ।

आफूले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै महालेखा परीक्षकसँगको मौखिक परामर्शपछि विकल्प नभएका कारण विमान खरिदका लागि थप निकासा दिन अनुमति दिएको बताउँदै मन्त्री अधिकारीले भने, ‘जहाँ गल्ती भएको छ, त्यो पत्ता लगाएर त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याइनेछ ।’

मन्त्री अधिकारीले भने, ‘हावामा उड्ने र वास्तविकतालाई कुल्चेर कुद्ने अवस्थाको अन्त्य गर्नुपर्छ, समितिले दिने निर्देशनलाई गम्भीरताका साथ लिएर अघि बढ्न मन्त्रालय तत्पर छ ।’ जहाज बिग्रेको अवस्थामा बाहेक निगमका उडान ठीक समयमा हुने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले निःशुल्करुपमा निगम कसैलाई पनि उपलब्ध नहुने व्यवस्थालाई कडाइ गरिएकाले एक वर्षभित्रमा आम्दानी र खर्चको सन्तुलन हुने दाबी गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्