रचनात्मक ढङ्गले आलोचना गर्नुस् : सभामुख महरा

Krishna Bahadur Mahara
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ पुस । सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पुर्‍याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिएका छन् ।

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै उनले संसद् जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने उच्चतम् थलो भएकाले यहाँ भएका जीवन्त छलफललाई जनतासामु पुर्‍याएर रचनात्मक सहयोग पुर्‍याउन आग्रह गरे ।

सभामुख महराले भने, ‘पत्रकारलाई आरोप छ, जहिले पनि प्रतिपक्षजस्तो मात्रै हुने, रचनात्मक ढङ्गले आलोचना र सुझाव दिएर तपाईँहरुले सहयोग गर्नुपर्छ, जनता र राज्यको पक्षमा उभिएर सञ्चार जगत्ले सहयोग पुर्‍याओस् भन्ने हामीले अपेक्षा गरेको छौँ ।’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताका सरोकारलाई पारदर्शी ढङ्गबाट अघि बढ्दा लोकतन्त्रको सुदृढीकरण हुने भएकाले त्यसतर्फ काम गर्न पत्रकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्